Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोडको कारोबार

  • आइतवार, कार्तिक ६ २०७९

  • 501
    SHARES

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ५१ करोडको कारोबार
    काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार(आज) बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत) ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो ।
     
    ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.८८ अंकले बढेर ३६५.९३ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा होटेल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचक भने घटेको छ ।
     
    नेप्सेमा वृद्धि देखिए पनि कारोबार रकम हेर्दा भने लगानीकर्ता उत्साहित भएको देखिंदैन । आज नेप्सेमा १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजारको कारोबार भएको छ । जसमध्ये एभरेष्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख ३३ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ३८ लाख ८० हजार र नेपाल बैंकको ३ करोड २० लाख १९ हजारको कारोबार भएको छ ।
     
    आज बजारमा कुल १८२ कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
    जसमध्ये रुरु जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
     
    यता सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य ९.५५ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको शेयर मूल्य ७.६० प्रतिशत र मानुषी लघुवित्तको शेयर मूल्य ४.०३ प्रतिशतले गिरावट भएको छ ।
     


    आइतवार, कार्तिक ६ २०७९०३:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij