Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम

  • मंगलवार, कार्तिक ८ २०७९

  • 651
    SHARES

  • यस्तो रहने छ आजको मौसम

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन।

    यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

    आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

    राति पनि ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ। ती प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    मंगलवार, कार्तिक ८ २०७९०८:०९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij