Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान, यात्रुले गरे नाराबाजी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान, यात्रुले गरे नाराबाजी

  • आइतवार, कार्तिक १३ २०७९

  • 633
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदियो निगमको दिल्ली उडान, यात्रुले गरे नाराबाजी

    काठमाडौं । २ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए–२१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ ।

    नागरिक उड्डयन प्राधिकरणले जाडोयामका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिका (अक्टोबर ३० देखि मार्च २७ सम्म) मा निगमको आइतबार र शुक्रबार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाडौंबाट हुने उडान कटौती गरेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आइतबार उडान रोकिदिएको निगमका उपनिर्देशक रमेश पौडेलले बताउनुभयो ।

    ‘हामी ग्रीष्मयामको तालिका (मार्च २८ देखी अक्टोबर २९ सम्म)मा दिल्लीका लागि हप्तामा सातै दिन दिउँसो उडान गर्दै आएका थियौं,’ वाणिज्य विभागका उपनिर्देशक पौडेलले भन्नुभयो,‘आजदेखि सुरु हुने ५ महिना लामो विन्टर सेड्युलमा आइतबार र शुक्रबारको उडान प्राधिकरणले कटौती गरिदिएछ ।’

    उहाँले प्राधिकरणले निगम र हिमालय एयरलायन्सलाई भैरहवाबाट पनि उडान सुरु गर्न भनेको तर आफूहरूले त्यहाँ यात्रु अभावका कारण तालिका नराखेकाले काठमाडौंमा दिउँसो सातै दिन दिल्लीका लागि हुँदै आएको उडानमा दुईवटा उडान प्राधिकरणले कटौती गरिदिएको पौडेलले बताउनुभयो ।

    उता विमानस्थलका महाप्रबन्धक ठाकुरले अनुमति नलिई यात्रु बोर्डिङ गरेकाले निगमको उडान रोक्नुपरेको बताउनुभयो । ‘प्राधिकरणबाट उडान अनुमति नलिई निगमले किन टिकट बिक्री गरेछ‚ यो त यात्रु ठगी हो,’ ठाकुरले भन्नुभयो, ‘यसरी अनुमति नै नलिई यात्रु बोर्डिङ गरिहाले पनि एयर ट्राफिकले नै जहाजलाई उड्न अनुमति दिँदैन । निगमले किन दादागिरी गरेको हो ?’

    उहाँका अनुसार आइतबारका लागि निगमले २ सय ७३ जना यात्रुलाई टिकट बिक्री गरिसकेको थियो । उहाँले बोर्डिङ पास जारी भइरहेको थाहा पाएपछि रोकेको बताउँदै ७३ जना यात्रुहरू बोर्डिङ पास लिई सुरक्षा चेकमा गइसकेको बताउनुभयो । बोर्डिङ पास लिइसकेका यात्रुले नाराबाजी गरिरहेको निगमको विमानस्थलमा रहेका एक अधिकृतले बताउनुभयो ।

     


    आइतवार, कार्तिक १३ २०७९०२:४१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij