Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेः घनश्याम भूसाल

ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेः घनश्याम भूसाल

  • आइतवार, कार्तिक १३ २०७९

  • 686
    SHARES

  • ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेः घनश्याम भूसाल

    काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ ।

    नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उहाँले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो ।

    आज रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गर्नुभयो ।

    सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही–१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उहाँले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गर्नुभयो ।

    नेता भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाउनुभयो । त्यसक्रममा उहाँले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीरसमेत गर्नुभयो ।


    आइतवार, कार्तिक १३ २०७९०३:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij