Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मौसममा पश्चिमी वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

मौसममा पश्चिमी वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

  • सोमवार, कार्तिक १४ २०७९

  • 515
    SHARES

  • मौसममा पश्चिमी वायुको सामान्य प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौं । देशका पहाडी भू–भागमा सोमबार(आज) बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
     
    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
     
    विभागका अनुसार आज राति प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 
     


    सोमवार, कार्तिक १४ २०७९०६:१५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij