Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • बुधवार, कार्तिक १६ २०७९

  • 666
    SHARES

  • कस्तो रहला आजको मौसम ?
    काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा बुधवार(आज) देशभरको मौसम सामान्य बदलीदेखि सफा रहनेछ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 
     
    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 
     
    प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । 


    बुधवार, कार्तिक १६ २०७९०६:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij