Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

निजी खर्चमा डडेल्धुरा जान आयोगको अनुमती

निजी खर्चमा डडेल्धुरा जान आयोगको अनुमती

  • बुधवार, कार्तिक १६ २०७९

  • 529
    SHARES

  • निजी खर्चमा डडेल्धुरा जान आयोगको अनुमती

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरा जान सर्तसहित अनुमति दिएको छ ।

    आयोगले सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमती दिएको हो ।

    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो ।

    त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन । तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोगले बताएको छ ।

     


    बुधवार, कार्तिक १६ २०७९०१:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij