Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको चेतावनी : निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

गृहमन्त्रीको चेतावनी : निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

  • बुधवार, कार्तिक १६ २०७९

  • 569
    SHARES

  • गृहमन्त्रीको चेतावनी : निर्वाचन बिथोल्ने अधिकार कसैलाई छैन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ ।

    वुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउनुभएको हो ।

    वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो । सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उहाँको भनाई छ ।

    गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका सहयोगमा शान्तिपूर्ण हुने बताउनुभयो। उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद दिनुभयो ।

    विप्लवको माओवादीको हालै सम्पन्न महाधिवेशनबाट आगामी निर्वाचन वहिष्कार गर्ने अभियान चलाउने घोषणा गरेको थियो ।


    बुधवार, कार्तिक १६ २०७९०५:०९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij