Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

  • सोमवार, कार्तिक २१ २०७९

  • 639
    SHARES

  • राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गर्नुभएको छ ।

    विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ आज बेलुकी आइसल्याण्ड प्रस्थान गर्नुभएको हो ।

    उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाइ गर्नुभएको छ ।

    डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्नुहुने छ ।

    १२ नोभेम्बरमा स्वदेश फर्कने राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन् ।


    सोमवार, कार्तिक २१ २०७९०७:१५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij