Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्से २३.५३ अंकको गिरावट, १७१ कम्पनीको शेयर मूल्य घट्यो

नेप्से २३.५३ अंकको गिरावट, १७१ कम्पनीको शेयर मूल्य घट्यो

  • बिहिवार, कार्तिक २४ २०७९

  • 662
    SHARES

  • नेप्से २३.५३ अंकको गिरावट, १७१ कम्पनीको शेयर मूल्य घट्यो
    काठमाडौं । लगातार चौथो कारोबार दिन पनि शेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।
     
    साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । हिजो २ प्रतिशतले गिरावट भएको थियो । आज पनि एक प्रतिशत माथिले गिरावट हुँदा नेप्से १४ कात्तिकपछि पुनः १८०० अंकको बिन्दुमा झरेको छ ।
     
    नेप्सेसँगै सबै उपसूचक गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । आज नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये शिवं सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।
     
    आज बजारमा कुल १८५ कम्पनीको शेयर कारोबार हुँदा १७१ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । आज कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर मूल्य ६.९१ प्रतिशतले गिरावट हुँदा किसान लघुवित्त वित्तीय संस्थाको ५.७८ प्रतिशत र पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर मूल्य ५.२५ प्रतिशतले गिरावट भएको छ ।
     


    बिहिवार, कार्तिक २४ २०७९०३:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij