Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भोजपुर उडेको निगमको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता

भोजपुर उडेको निगमको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता

  • शुक्रवार, मंसिर २ २०७९

  • 394
    SHARES

  • भोजपुर उडेको निगमको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता

    काठमाडौं । काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।

    निगम स्रोतका अनुसार जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।

    स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।

    आइतबार निर्वाचनका कारण उडान छैन । जहाज बन्यो भने सोमबार मात्र नियमित उडान गर्न सकिने स्रोतको भनाइ छ । निगमसँग आन्तरिक उडानमा जहाज नहुँदा टिकट काटेका यात्रु समेत प्रभावित हुने गरेका छन् ।


    शुक्रवार, मंसिर २ २०७९०२:५७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij