Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उत्साहपूर्वक रुपमा निर्वाचनमा सहभागी हुन राष्ट्रपतिको अपिल

उत्साहपूर्वक रुपमा निर्वाचनमा सहभागी हुन राष्ट्रपतिको अपिल

  • शनिवार, मंसिर ३ २०७९

  • 726
    SHARES

  • उत्साहपूर्वक रुपमा निर्वाचनमा सहभागी हुन राष्ट्रपतिको अपिल

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गर्नुभएको छ ।

    ‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु,’ भण्डारीले जारी गरेको अपिलमा भन्नुभएको छ, ‘यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु ।’

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्त्व रहेको उहाँले उल्लेख गर्नुभएको छ । ‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन्,’ उहाँले भन्नुभएको छ ।

    leetter.jpg

     


    शनिवार, मंसिर ३ २०७९०२:४७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij