काठमाडौं । तनहुँ घिरिङ-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।
घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । हिजो घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ ।
एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको र उनीहरुको रिहाइ नभएसम्मका लागि मतदान रोकिएको हो ।