Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुलुकभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आज रातिदेखि मतगणना (खासखबर)

मुलुकभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आज रातिदेखि मतगणना (खासखबर)

  • आइतवार, मंसिर ४ २०७९

  • 675
    SHARES

  • मुलुकभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, आज रातिदेखि मतगणना (खासखबर)

    काठमाडौं । निर्वाचन आयोगले देशभरीको मतदान सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । देशभरील करिब ६१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । छिटपुट घटनामध्ये ठूलो खालको क्षति नभएको आयोगको भनाइ छ । केही स्थानको मतगणना पनि आजै रातिबाट शुरु हुने आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    प्रहरीले पनि सुरक्षादस्तालाई मजबुत तुल्याएको थियो । निर्वाचनका तीन स्टेज निर्वाचन पूर्वसन्ध्या, मतदानको समय र मतगणनाको समय गरी सुरक्षाका चारै अंगलाई तैनाथ राखिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईको भनाइ छ । मतगणना र विजय जुलुसका लागि पनि सुरक्षादस्तालाई मजबुत बनाएको राइले बताउनुभयो ।

    यता, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले यसपालीको निर्वाचनमा मतदातामा उत्साह भने नदेखिएको जनाएको छ । स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि र प्रदेशसभामा मतदाताहरु त्यति धेरै उत्साहित थिएनन् । सुरक्षाका दृष्टिले भने विगतका विभिन्न समयका निर्वाचन भन्दा अहिले चुस्त रहेको र मतदातामा स्वतन्त्रता कायम भएको पर्यवेक्षक कृष्णमान प्रधानको भनाइ छ ।

    संविधानले दिएको लोकतान्त्रिक गणतन्त्रात्मक साशन व्यवस्थामा २०७४ सालदेखि ५ वर्षको आवधिक निर्वाचन हुँदै आएको छ । समयक्रम अनुसार निर्वाचन परिस्थिति पनि बदलिँदै गएको पाइन्छ । यसपटक विभिन्न दल र स्वतन्त्रबाट नयाँ अनुहारको उम्मेदवारी परेको थियो । केही दलहरु राष्ट्रिय पार्टी बन्ने दौडमा देखिन्छन् भने पुराना दलहरुप्रति जनताको विश्वास घट्दै गएको पाइन्छ । आगामी दिनमा विभिन्न व्यक्ति र दलहरु जनताप्रति उत्तरदायी बन्न आवश्यक छ ।


    आइतवार, मंसिर ४ २०७९०८:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij