Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१० निर्वाचन क्षेत्रमा मतगणना : एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता 

१० निर्वाचन क्षेत्रमा मतगणना : एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता 

  • सोमवार, मंसिर ५ २०७९

  • 786
    SHARES

  • १० निर्वाचन क्षेत्रमा मतगणना : एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता 

    काठमाडौं ।  बिहानदेखि १० वटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । जारी निर्वाचन क्षेत्रमध्य ५ निर्वाचन क्षेत्रमा एमाले अगाडि छ । कांग्रेस ३ मा र राष्ट्रिय स्वतन्त्र पार्टी २ क्षेत्रमा अगाडि छ भने माओवादी केन्द्रका प्रभावशाली नेताहरू नै पछि परेका छन् । 

    गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनवटै क्षेत्रमा एमाले अगाडि छ । एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर– २ मा पछि पर्नुभएको छ । उहाँलाई कांग्रेसका दुर्लभ थापाले उछिन्नुभएको छ । 

    यसैगरी भक्तपुर २, कास्की २ र मुस्ताङमा कांग्रेस अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएका छन् । 

    माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ पम्फा भुसाल निकटतम प्रतिद्वन्द्वी समेत हुनुहुन्न । एमालेका अमृत खड्कासँग राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । 

    यसैगरी मानुषी भट्टराई यमी काठमाडौं ७ मा चौथो नम्बरमा हुनुहुन्छ । घन्टीको अग्रता छ भने सूर्यले पछ्याइरहेको छ । 


    सोमवार, मंसिर ५ २०७९१०:३५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij