Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशका पहाडी भू–भागमा आंशिक बदली, यस्तो रहने छ आजको मौसम

देशका पहाडी भू–भागमा आंशिक बदली, यस्तो रहने छ आजको मौसम

  • सोमवार, मंसिर १२ २०७९

  • 581
    SHARES

  • देशका पहाडी भू–भागमा आंशिक बदली, यस्तो रहने छ आजको मौसम

    काठमाडौं । देशका उच्च पहाडी भू–भागमा सोमबार(आज) बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

    आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

    तराई भू–भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ । विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ ।


    सोमवार, मंसिर १२ २०७९०६:२६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij