Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले नेताहरुसँगको सार्वजनिक फोटोमा रामकुमारीको सन्देश के हो ?

एमाले नेताहरुसँगको सार्वजनिक फोटोमा रामकुमारीको सन्देश के हो ?

  • सोमवार, मंसिर १२ २०७९

  • 915
    SHARES

  • एमाले नेताहरुसँगको सार्वजनिक फोटोमा रामकुमारीको सन्देश के हो ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्बिर सेयर गर्नुभयो । क्याप्सनमा झाक्रिले लेख्नुभएको छ, ‘तस्बिरमा सन्देश छ।’

    उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गर्न थालेका छन्। उसो त चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

    यद्यपि, रामकुमारीले सार्वजनिक गरेको उक्त तस्बिरले बाम एकताबारे कुनै सन्देश दिन खोजेको देखिदैन। ‘उहाँहरू चुनाव सकेर काठमाडौं फर्किन लाग्नुभएको रहेछ। म काठमाडौंबाट फर्किएर गुल्मीका जनतालाई धन्यवाद दिन जाँदै थिएँ। भैरहवा विमानस्थलमा भेट भएपछि तस्बिर लिउँ भनेर यसै लिएको मात्रै हो,’ उहाँले भन्नुभयो ।

    Capture.PNG


    सोमवार, मंसिर १२ २०७९०२:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij