Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

‘निषेधाज्ञा अझै एक साता लम्ब्याउनु पर्छ’

‘निषेधाज्ञा अझै एक साता लम्ब्याउनु पर्छ’

  • बुधवार, भाद्र २४ २०७७

  • 1.0K
    SHARES

  • ‘निषेधाज्ञा अझै एक साता लम्ब्याउनु पर्छ’

    काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।

    विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिँदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तीमा एक साता निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    दुई सयभन्दा बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्य मापदण्डअनुसार चल्नुपर्ने उहाँले बताउनुभयो ।

    यसैबीच, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने भन्नेमा आज बैठक बसेर निर्णय गर्ने भएका छन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर निर्णय गर्ने भएका हुन् ।

    रकारले लगातार निषेधाज्ञा मात्रै बढाएकोमा जनस्तरबाटै त्यसको विरोध हुन थालेको छ । तीनवटै जिल्लाका प्रजिअहरुले हिजो गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा पनि गरेका छन् ।

    छलफलमा गृहसचिव र प्रजिअहरुबीच जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरेर विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजानेबारे कुराकानी भएको थियो ।

    देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ र त्यसमध्ये उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ । संक्रमण बढ्दै गएपछि ५२ जिल्लामा निषेधाज्ञा लगाइएकोमा हाल १५ जिल्लामा हटाइसकिएको छ ।

     


    बुधवार, भाद्र २४ २०७७१२:३७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij