Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफल गर्दै

गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफल गर्दै

  • सोमवार, मंसिर १९ २०७९

  • 859
    SHARES

  • गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफल गर्दै

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्।

    प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चुनाव पछि पहिलो पटक सामूहिक छलफलमा जुटेका छन्।

    लोसपासहित गठबन्धन गरेर मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरू होमिएका थिए। प्रत्यक्षतर्फ प्रतिनिधि सभामा कांग्रेसले ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका छन् ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरू साँढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे आज सामान्य रूपमा छलफल हुनेछ।

    कांग्रेसले आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ।


    सोमवार, मंसिर १९ २०७९०४:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij