काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरूले सर्वोच्च अदालतमा तैनाथ प्रहरीहरूलाई सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन आदेश दिएका छन् ।
संसद् सचिवालयका महासचिव भरतराज पौडेलले जबरामाथिको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारी गर्नुभएको छ ।
तर यसअघि नै नेपाल बार एसोसिएसनले सर्वोच्चमा धर्ना गरिरहेको छ । यसैबीच, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जबरामाथिको महाभियोग जीवित नै रहेको प्रतिक्रिया दिनुभएको छ ।
गत फागुन १ गते ९८ जना सांसदहरूले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर मंसिर ४ गतेको निर्वाचनका कारण महाभियोग प्रक्रिया प्रभावित बनेको थियो ।