Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

गुजरातमा भाजपाले आफ्नै रेकर्ड तोड्ने संकेत

गुजरातमा भाजपाले आफ्नै रेकर्ड तोड्ने संकेत

  • बिहिवार, मंसिर २२ २०७९

  • 529
    SHARES

  • गुजरातमा भाजपाले आफ्नै रेकर्ड तोड्ने संकेत

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।

    भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्गे्रस–आई) सरकारले विधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने देखिएको छ । यसअघि सार्वजनिक गरिएको सर्भेक्षणमा भाजपा राज्यमा सातौं पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।

    गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि १८२ पर्यवेक्षक, १८२ निर्वाचन अधिकृत र ४९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् ।

    गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो । डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो ।

    गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए । सन् २०१७ को विधानसभा चुनावमा काङ्ग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो ।

     


    बिहिवार, मंसिर २२ २०७९०२:१०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij