Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी भोलिदेखि उपत्यकावासीको घर–घरमा वितरण हुने

मेलम्चीको पानी भोलिदेखि उपत्यकावासीको घर–घरमा वितरण हुने

  • बिहिवार, मंसिर २२ २०७९

  • 582
    SHARES

  • मेलम्चीको पानी भोलिदेखि उपत्यकावासीको घर–घरमा वितरण हुने
    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले शुक्रकार(भोलि)देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकावासीलाई वितरण गर्न लागिएको हो ।
     
    केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिनुभयो ।  उहाँका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ । 
     
    “अहिले ट्यांकीमा पानी आइरहेको छ । भोलि बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चार दिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” प्रवक्ता राईले भन्नुभयो।
     
    पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन ।  सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । ‘उपत्यकाको विभिन्न १० स्थानमा रहेको रिजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किलोमिटर पाइपबाट वितरण गर्नुपर्छ । 
    भोलि बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी प्रवक्ता  राईले दिनुभयो ।
     
    केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।
     
    केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो ।
     
    २२ वर्षको प्रतीक्षापछि पहिलो पटक गत वर्ष ०७८ चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो ।
     
     
     
     
     
     
     
     
     
     
     


    बिहिवार, मंसिर २२ २०७९०५:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij