Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं छोड्नुपर्दा गन्तव्यस्थानको सिफारिस अनिवार्य

काठमाडौं छोड्नुपर्दा गन्तव्यस्थानको सिफारिस अनिवार्य

  • बिहिवार, भाद्र २५ २०७७

  • 1.4K
    SHARES

  • काठमाडौं छोड्नुपर्दा गन्तव्यस्थानको सिफारिस अनिवार्य

    काठमाडौं । आजदेखि निषेधाज्ञाका खुकुलो बनाएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतको प्रावधानमा भने थप कडाइ गरेको छ ।

    काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    साथै, सवारी सहजीकरण पत्र लिन सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिलगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Kathmandu-CDO.jpg


    बिहिवार, भाद्र २५ २०७७०७:०२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij