Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्टरनेट सेवा अवरुद्ध हुने गरी लाइन नकाट्न दूरसञ्चार प्राधिकरणको आग्रह

इन्टरनेट सेवा अवरुद्ध हुने गरी लाइन नकाट्न दूरसञ्चार प्राधिकरणको आग्रह

  • शनिवार, पौष ९ २०७९

  • 983
    SHARES

  • इन्टरनेट सेवा अवरुद्ध हुने गरी लाइन नकाट्न दूरसञ्चार प्राधिकरणको आग्रह

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध हुने गरी कदम नचाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

    विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइसेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।

    प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।

    ‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारहरुको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट हुन सक्ने भन्दै सबै पक्ष बसी आपसी छलफलबाट समाधान गर्न आग्रह गरेको छ ।


    शनिवार, पौष ९ २०७९०२:२५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij