काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रीमण्डलमा तीन जना उपप्रधानमन्त्री हुने निश्चित भएको छ । योसंगै प्रधानमन्त्री दाहालसंग तीनै जना उपप्रधानमन्त्रीले शपथ ग्रहण गर्ने निश्चित भएको हो ।
सात दलीय गठबन्धनको आज भएको छलफलपछि नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।
एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ भने रास्वपाका लामिछानेले गृह मन्त्रालयको दावी गरिरहेको बताइन्छ ।
माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सात दलीय गठबन्धनमा छलफल भैरहेको छ ।