Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

मन्त्री टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

  • सोमवार, पौष ११ २०७९

  • 832
    SHARES

  • मन्त्री टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं । सत्ता साझेदार दलको बैठकले मन्त्री बाँडफाँट जिम्मा नवनियुक्त प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

    नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहालले सबै दलसँग छलफल गरेर यस विषयमा निर्णय लिनुहुने जानकारी दिनुभयो ।

    गृहसहित उपप्रधानमन्त्रीमा लामिछानेको दाबी

    सभापति लामिछानेले भन्नुभयो, “सहमति गरेर साझा रूपमा अगाडि सारेर जान सक्छौँ भनेर सहभागी भएका हुनाले मन्त्रीहरूको समग्रमा छलफल भएको छ । टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिइएको छ ।”

    लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दाबी गरिएको तर, यसको टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताउनुभएको हो ।

    जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

    जनमत पार्टीका दलका नेता डा सिके राउतले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको जानकारी दिनुभयो ।

    यसका लागि पार्टीले अब्दुल खानलाई सरकारमा पठाउने उहाँले बताउनुभयो ।


    सोमवार, पौष ११ २०७९०३:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij