Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रचण्डद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

प्रचण्डद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

  • सोमवार, पौष ११ २०७९

  • 818
    SHARES

  • प्रचण्डद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ।

    दौरा सुरुवाल लगाएर शीतल निवास पुग्नुभएका प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड हिजो प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

    प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा राष्ट्रपतिका अलावा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो ।


    सोमवार, पौष ११ २०७९०४:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij