काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन सुरु भएको छ ।
दिउँसो २ बजेबाट हुने भनिएको मतदान एक घण्टा ढिला गरी सवा ३ बाट सुरु भएको हो । निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा हुनुहुन्छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु छन् । दलको नेतामा विजयी हुन १९ मत आवश्यक पर्दछ ।