काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सर्नुभएको छ । उहाँ साँझ ६ः२० मा बालुवाटार सर्नुभएको हो ।
निवर्तमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार आजै बिहान खाली गराउनुभएको थियो । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गर्नुभएको हो ।
ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गर्नुभएका प्रचण्डले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठ गर्नुभएको थियो ।