एजेन्सी । सन् २०१९ मा ब्राजिलमा भएको कोपा अमेरिकाका वेला अर्जेन्टिनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाएका थिए ।
चिलीविरुद्धको खेलमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका उनले उक्त खेलपछि दक्षिण अमेरिकी फुटबल प्रमुखलाई भ्रष्टाचारको आरोप लगाएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लागेको थियो ।
अहिले मेसीले त्यो प्रतिबन्ध हटेको छ । जसको अर्थ मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् ।
अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको र उनले कुनै खेल नगुमाउने पुष्टि गरेको अर्जेन्टिना राष्ट्रिय टिमको फेसबुक पेजमा उल्लेख छ ।
अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत अर्को महिना इक्वेडर र बोलिभियासँग खेल्दैछ । मेसीले अब इक्वेडरविरुद्ध खेल्न पाउनेछन् ।