Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियाको एक सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु

दक्षिण कोरियाको एक सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु

  • बिहिवार, पौष १४ २०७९

  • 596
    SHARES

  • दक्षिण कोरियाको एक सुरुङमा आगलागी हुँदा ६ जनाको मृत्यु
    काठमाडौं । दक्षिण कोरियाको राजधानी सउलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी ६ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्युज एजेन्सीले बिहीबार(आज) जनाएको छ ।
     
    स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो ।
     
    आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ । दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए । दिउँसो २ः ४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो ।  प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताइएको छ । 


    बिहिवार, पौष १४ २०७९०३:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij