Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बामदेवलाई मन्त्री बनाउन नमिल्ने प्रधानमन्त्री सचिवालयको तर्क, कुनै बाधा नरहेको गौतम सचिवालयको ढिपी

बामदेवलाई मन्त्री बनाउन नमिल्ने प्रधानमन्त्री सचिवालयको तर्क, कुनै बाधा नरहेको गौतम सचिवालयको ढिपी

  • शनिवार, भाद्र २७ २०७७

  • 1.9K
    SHARES

  • बामदेवलाई मन्त्री बनाउन नमिल्ने प्रधानमन्त्री सचिवालयको तर्क, कुनै बाधा नरहेको गौतम सचिवालयको ढिपी


    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौमतलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरे पनि मन्त्री बनाउन भने नमिल्ने तर्क प्रधानमन्त्रीको सचिवालयले गरेको छ।

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिनिधिसभामा चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा मनोनित गर्न मिल्ने भए पनि मन्त्री बनाउन भने संविधान बाधक रहेको बताउनुभयो।

    नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा रिमालले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय प्रधानमन्त्रीले नै पार्टीको सचिवालय बैठकमा सुनाईसक्नुभएको बताउनुभयो।

    तर गौतमलाई मन्त्री बनाउने कुरामा भने संविधान बाधक रहेको कुरामा आफूभन्दा धेरै पार्टीका शीर्ष नेताहरु नै जानकार रहेको जवाफ उहाँले दिनुभयो।

    बर्दियाबाट चनाव हारेका बामदेव गौमतलाई उपप्रधानसहित एक महत्वपूर्ण मन्त्रालयको जिम्मेबारी दिएर राष्ट्रियसभामा मनोनित गर्ने तयारी भइरहेको चर्चा अहिले राजनीतिक वृत्तमा छ।

    स्वयं गौतमको सचिवालयले पनि बामदेवलाई मन्त्री बनाउन नै राष्ट्रियसभामा मनोनित गर्ने तयारी पार्टीले गरेको बताएको छ।

    तर यसबारे कुनै औपचारिक निर्णय भने भइनसकेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो।

    यद्यपि राष्ट्रियसभामा गइसकेपछि गौतमलाई मन्त्रीको जिम्मेबारी दिइने कुरामा भने पार्टीमा भित्रि सहमति जुटिसकेको उहाँको आशय छ।

    पार्टी निमार्णमा महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष गौतमले पनि मुलुकको आवश्यकताका आधारमा मन्त्रीपरिषदमा रहने चाहना व्यक्त गरेको सुवेदीले बताउनुभयो।

    प्रतिनिधिसभामा चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा मनोनित गरेर मन्त्रीको जिम्मेबारी दिने नेकपाको तयारीप्रति पार्टी भित्र र बाहिरबाट चर्काे आलोचना भइरहेको छ।

    यसबारे पार्टीको निर्णय पुनर्विचार हुनुपर्ने धारणा पनि नेकपाका नेताहरुले सार्वजनिक रुपमै व्यक्त गरेका छन्।

    बामदेवलाई राष्ट्रियसभामा लैजाने र मन्त्री बनाउने चर्चाबारे आम रुपमा उठेका प्रश्नबारे पार्टीमा छलफल हुने सम्भावना रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

    यो निर्णय सचिवालय बैठकमा प्रधानमन्त्रीले सुनाउनुभएको बताउँदै प्रवक्ता श्रेष्ठले बाहिर उठेका विषयबारे छलफल हुने सम्भावना रहेको सुनाउनुभयो।

    बामदेव गौतमले यसअघि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने व्यवस्था संविधानमा भए मात्रै आफू मनोनित हुन तयार रहेको बताउँदै आउनुभएको थियो।

    तर पछिल्लो पटक उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेबारी लिएर उहाँ मन्त्रिपरिषदमा जान आतुर रहेको श्रोत बताउँछ।

    यद्यपि प्रधानमन्त्रीको सचिवालयबाट प्रतिनिधिसभामा हारेका व्यक्तिलाई मन्त्री बनाउन नपाइने तर्क पेश भएपछि पार्टीभित्रको रस्साकस्सीमा गौतम फेरि एकपटक भकुण्डो बन्ने सम्भावना प्रबल बनेको राजनीतिक विश्लेषकहरुको ठम्याई छ।

     


    शनिवार, भाद्र २७ २०७७०७:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij