Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार

  • मंगलवार, पौष १९ २०७९

  • 675
    SHARES

  • नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार(आज) सामान्य अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलव ६ विन्दुमा बन्द भएको हो।
     
    त्यस्तै, आज कारोबार रकम तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ । 
     
    गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा आज भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटेल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ ।
     
    लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटेल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ । यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
     
    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज दुई वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७.९० रुपैयाँ पुगेको छ भने धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९. ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ । 
     
    आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।                    
     


    मंगलवार, पौष १९ २०७९०३:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij