Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पानी नपरेका कारण प्रदूषण बढ्यो, चार जिल्लाको हावा अस्वस्थकर

पानी नपरेका कारण प्रदूषण बढ्यो, चार जिल्लाको हावा अस्वस्थकर

  • बिहिवार, पौष २१ २०७९

  • 619
    SHARES

  • पानी नपरेका कारण प्रदूषण बढ्यो, चार जिल्लाको हावा अस्वस्थकर
    काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ बढेको छ । धुलोधुँवाका कारण देशभर प्रदूषणको मात्रा बढेको छ । 
     
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायु प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ ।
     
    हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्यांकअनुसार भक्तपुर, काठमाडौं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ । 
     
    एक्यूआई सूचकांक सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआई पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ ।
     
    उक्त सूचकांकअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् । 
     


    बिहिवार, पौष २१ २०७९०५:०४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij