Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन

  • सोमवार, पौष २५ २०७९

  • 659
    SHARES

  • अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गर्न निर्देशन
    काठमाडौं । नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।
     
    अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ। प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।
     
    2023-01-09-12-05-30-gopa-pdf-push-25-14_AwipN6aKjn.jpg


    सोमवार, पौष २५ २०७९०७:०५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij