Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हिमपातको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हिमपातको सम्भावना

  • सोमवार, पौष २५ २०७९

  • 755
    SHARES

  • देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हिमपातको सम्भावना
    काठमाडौं ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही भू—भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ।
     
    सोमबार(आज) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    मंगलबार भोलि पनि देशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू—भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    तराईका धेरै भू—भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जन जीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


    सोमवार, पौष २५ २०७९०७:१६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij