Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा उच्च अंकको गिरावट, साढे ५ अर्बको कारोबार

शेयर बजारमा उच्च अंकको गिरावट, साढे ५ अर्बको कारोबार

  • बिहिवार, पौष २८ २०७९

  • 592
    SHARES

  • शेयर बजारमा उच्च अंकको गिरावट, साढे ५ अर्बको कारोबार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) शेयर बजार उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अंकले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।
     
    आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
     
    बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवं सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
     
    आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि सिँगटी हाइड्रो र वाराही हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।


    बिहिवार, पौष २८ २०७९०३:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij