काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाँदै हुनुहुन्छ ।
आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपनि त्यहाँको अवस्था बुझन प्रचण्ड पोखरा जान लाग्नुभएको हो ।
दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुग्नुभएको हो ।
उहाँ नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जान लाग्नुभएको हो ।