Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

फ्रान्स पठाइदिन्छु भनी ३ जनासँग १९ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ

फ्रान्स पठाइदिन्छु भनी ३ जनासँग १९ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ

  • बुधवार, माघ ४ २०७९

  • 585
    SHARES

  • फ्रान्स पठाइदिन्छु भनी ३ जनासँग १९ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ

    काठमाडौं । फ्रान्स पठाइदिन्छु भन्दै प्रलोभनमा पारी १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

    काठमाडौं चन्द्रागिरी नगरपालिका—५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका८ घर भएका ४६ वर्षीय तेजेन्द्र महतलाई बुधबार(आज) दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    महतले वैदेशिक रोजगारीमा फ्रान्स जान प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम पाइने आश्वासन दिएका थिए।

    उनले ३ जना पीडितहरुबाट जम्मा १९ लाख रुपैयाँ ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सतुङ्गलबाट उनलाई नियन्त्रणमा लिएको हो।

    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।


    बुधवार, माघ ४ २०७९०५:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij