Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा मनोनयन दर्ता

कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा मनोनयन दर्ता

  • शुक्रवार, माघ ६ २०७९

  • 479
    SHARES

  • कांग्रेसकी मुक्ताकुमारी यादवद्वारा उपसभामुखमा मनोनयन दर्ता
    काठमाडौं । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । 
     
    यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहनुभएको छ भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहनुभएको छ ।
     
    कांग्रेसबाट उम्मेदवारी दिनुभएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । उहाँ राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुनुहुन्छ। उहाँ २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिनुभएको थियो। त्यसअघि उहाँ विक्रम संवत् २०७०सालमा समानुपातिक सांसदसमेत हुनुभएको थियो ।
     
    सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसक्नुभएको छ । सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।
     
    सभामुखमा निर्वाचित एमाले उम्मेदवार देवराज घिमिरेले एमालेसहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।


    शुक्रवार, माघ ६ २०७९०४:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij