Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति सबैलाई कम्फर्टेबल चाहिएको छ : चित्रबहादुर केसी

राष्ट्रपति सबैलाई कम्फर्टेबल चाहिएको छ : चित्रबहादुर केसी

  • शनिवार, माघ ७ २०७९

  • 593
    SHARES

  • राष्ट्रपति सबैलाई कम्फर्टेबल चाहिएको छ : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताउनुभएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उहाँले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउनुभयो ।

    ‘अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ उहाँले भन्नुभयो, ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’

    नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले बताउनुभयो ।

    दलहरुले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध जनाउनुभयो। उपसभामुखमा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलहरुको समर्थनमा कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।

    सांसद केसीले नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन रहेको बताउनुभयो ।


    शनिवार, माघ ७ २०७९०५:१५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij