Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जीप दुर्घटनामा पर्ने सबै दैलेखी स्वास्थ्यकर्मी

जीप दुर्घटनामा पर्ने सबै दैलेखी स्वास्थ्यकर्मी

  • आइतवार, माघ ८ २०७९

  • 587
    SHARES

  • जीप दुर्घटनामा पर्ने सबै दैलेखी स्वास्थ्यकर्मी

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को हाइलक्स जीप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ । आज बिहान साढे २ बजे भएको सो दुर्घटनामा दैलेखका चार जनाको निधन भएको थियो ।

    कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) दीपेन्द्रजंग शाही,भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन् ।

    पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गबाट खसेर दुर्घटनामा परेको हो ।


    आइतवार, माघ ८ २०७९०२:३९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij