Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्दै 

काठमाडौं महानगरले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्दै 

  • बुधवार, माघ ११ २०७९

  • 971
    SHARES

  • काठमाडौं महानगरले राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्दै 
    काठमाडौं । काठमाडौं महानगरपालिकाले वडास्तरबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने भएको छ। पहिलो चरणमा ९ वटा वडाबाट विवरण संकलन हुनेछ। यी वडाहरू २४ देखि ३२ सम्मका हुन्। यसको व्यवस्थापकीय तयारीका लागि बुधबार(आज) प्रशासन विभागले वडा सचिवहरूसँग तयारी बैठक गरेको महानगरले जनाएको छ।  
     
    अहिलेसम्म राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो।  नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने, व्यक्तिगत र जैविक पहिचानलाई एकीकृत गर्ने राष्ट्रिय परिचयपत्र बनाउनुको अवधारणा हो। यसमा जनसांख्यिक र जैविक विवरण समावेश गरिएको हुन्छ।
     
    जनसांख्यिक विवरणमा नाम थर, जन्ममिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबाआमा, पतिपत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्ने महानगरले जनाएको छ। 
     
    यसैगरी, जैविक विवरणमा दश औंलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटो लगायत विवरण पर्छन्। यस प्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ। सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानीजस्ता सेवा यससँग आबद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुन्छ। हरेक व्यक्तिलाई १० अंकको छुट्टाछुट्टै परिचयपत्र दिने महानगरले जनाएको छ। 
     
    विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिने महानगरले जनाएको छ।
     
    नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र सक्कलप्रति लैजानुपर्छ। राज्य पुनः संरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक नपर्ने महानगरको भनाइ छ।
     
    विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्रको सक्कल प्रति आवश्यक पर्ने महानगरले जनाएको छ।


    बुधवार, माघ ११ २०७९०३:०१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij