Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१०१ थान राहदानीसहित दिल्ली जान लागेका २ जना विमानस्थलबाट पक्राउ

१०१ थान राहदानीसहित दिल्ली जान लागेका २ जना विमानस्थलबाट पक्राउ

  • शुक्रवार, माघ १३ २०७९

  • 509
    SHARES

  • १०१ थान राहदानीसहित दिल्ली जान लागेका २ जना विमानस्थलबाट पक्राउ
    काठमाडौँ । प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 
     
    पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीय सोनी कुमारी गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शङ्कास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो । 
     
    थप सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र निजहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको बताइएको छ ।
     
    उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज पठाइएको छ ।
     


    शुक्रवार, माघ १३ २०७९०१:०४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij