Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक विधान व्यवस्थापन समितिमा पठाउने निर्णय पारित 

राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक विधान व्यवस्थापन समितिमा पठाउने निर्णय पारित 

  • शुक्रवार, माघ १३ २०७९

  • 517
    SHARES

  • राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक विधान व्यवस्थापन समितिमा पठाउने निर्णय पारित 
    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो ।
     
    राष्ट्रियसभा उपाध्यक्ष पद १ वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ ।
     
    राष्ट्रियसभाको आजको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
     
    राष्ट्रियसभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।
     
    राष्ट्रियसभाको अर्को बैठक उपाध्यक्षको निर्वाचनका लागि माघ २३ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।
     


    शुक्रवार, माघ १३ २०७९०४:४३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij