काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले गौतमलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।
यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।