नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा गाईलाई लगेर मारेको घटनाप्रति बीपी कांग्रेसका नेता कर्ण मल्लले विरोध जनाउनुभएको छ ।
नेपालको राष्ट्रिय जनावार गाईलाई निहत्था मारेको घटनामा स्थानीय सरकार पनि मौन हुनु गलत रहेको उहाँको भनाइ छ । गाईलाई मारेर धार्मिक युद्ध शुरु गर्नका लागि गलत तत्व सक्रिय रहेको दाबी गर्दै मल्लले हिन्दुवादी जनताहरुलाई यो सैह्य नहुने बताउनुभयो ।
गौमाताको रक्षाका लागि हिन्दुवादी युवाहरुले बोल्दा ज्यान मार्ने धम्की आउनु दुखद रहेको मल्लको भनाइ छ । समग्र डडेल्धुराबासीहरुलाई आह्वान गर्दै उहाँले समाजमा गलत क्रियाकलाप गर्नेहरुको विरुद्ध डटेर लाग्न आग्रहपनि गर्नुभएको छ ।