Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेविसंघको सप्ताहव्यापी अभियान थालनी

नेविसंघको सप्ताहव्यापी अभियान थालनी

  • सोमवार, फाल्गुण ८ २०७९

  • 583
    SHARES

  • नेविसंघको सप्ताहव्यापी अभियान थालनी

    काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा नेविसंघको सप्ताहव्यापी अभियानको थालनी, पहिलो दिन चारसय बढी क्याम्पसमा राष्ट्रिय फहराईयो

    काठमाडौं । नेपाल विद्यार्थी संघले ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय, विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रमको सुरुवात गरेको छ ।

    नेविसंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार आइतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरुमा राष्ट्रिय झण्डा फहराइएको र सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न प्रदेश कमिटी, जिल्ला समिति र क्याम्पस ईकाईहरुको आयोजनामा सुरु भएको यस अभियानमा देशभरका विद्यार्थीहरुले उल्लासमय सहभागीता जनाएका छन् ।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आदर्श मान्दै देशमा भएका विभिन्न परिवर्तनगमी आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समायनुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीहरुलाई गोलबद्व गर्न यस अभियानको थालनी गरिएको हो ।

    नेपाल र नेपाली जनाताको लागि एतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको यस अभियानमा विभन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाई सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झन्डा राख्ने अभियान सुरु गरिएको शेर्पाले बताउनुभयो ।

    2.jpg

    विद्यार्थीहरुबीच समाजिक खललता नपु¥याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उहाँले विभिन्न जिल्लाहरुमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको बताउनुभयो ।

    राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका वर्गीय मुद्धाहरुको उठान र समाधान गर्दै लोकतन्त्रको विकास, बिस्तार र जगेर्ना गर्दै विद्यार्थीहरुका वर्गीय मुद्धा स्थापित गर्न अनवरतरुपमा क्रियाशिल रहँदै आएको उहाँको भनाइ छ ।

    3.jpg


    सोमवार, फाल्गुण ८ २०७९०५:५३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij