Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बैंकका सर्तहरू बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

बैंकका सर्तहरू बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 433
    SHARES

  • बैंकका सर्तहरू बुझेर मात्रै ऋण लिन राष्ट्र बैंकको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई बैंकका सर्तहरू बुझेर मात्रै ऋण लिन आग्रह गरेको छ।

    बैंकले लिने सेवा शुल्क तथा ब्याजदरहरूमा अहिले ऋणहरूको गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो।

    केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर कर्जाको उपयोग गर्न भनेको छ। ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेमा सचेत गराइएको छ।

    निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ।


    मंगलवार, फाल्गुण ९ २०७९०६:५९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij