Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद्मा रघुजी पन्तको  प्रश्न- नेपालको राष्ट्रपतिको उम्मेदवारको नाम विदेशीले दिने, कस्ता दिन आए ?

संसद्मा रघुजी पन्तको  प्रश्न- नेपालको राष्ट्रपतिको उम्मेदवारको नाम विदेशीले दिने, कस्ता दिन आए ?

  • बुधवार, फाल्गुण १० २०७९

  • 879
    SHARES

  • संसद्मा रघुजी पन्तको  प्रश्न- नेपालको राष्ट्रपतिको उम्मेदवारको नाम विदेशीले दिने, कस्ता दिन आए ?
    काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा विदेशीको चलखेल बढेको भन्दै आपत्ति जनाउनुभएको छ। बुधबार(आज) प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद पन्तले राणाकालीन समयमा राणाहरू समेतले विदेशी चलखेल हुन नदिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा को राष्ट्रपति हुँदैछ भनेर विदेशीको ट्वीटर पढ्नुपर्ने दिन आएको बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको निर्वाचन अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन्, उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री भेट्छन् । प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिन भेट्न आएको परराष्ट्र सचिवलाई तर प्रधानमन्त्री राष्ट्रपति सबैलाई हामी भेटाउँछौँ । म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु यो देशको सम्मानको कुरा हो । के हाम्रो विदेश सचिव गएको बेला यही ढंगको व्यवहार हुन्छ ? पाउँदैन भने आजको दिनमा दक्षिण एसियाको कसैको गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिलेपनि पराधीन नभएको देश हो । यो देशको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ? भारतको विदेश सचिव नेपाल आएपछिको अखबारको कटिङ हेरौँ, लाजमर्दो लाग्छ सारा पूर्व प्रधानमन्त्रीलाई भेटेको छ । यस्तो किन हुन्छ ?’
     
    उहाँले विदेशी कूटनीतिज्ञको नेपालमा भएको भेटघाट व्यवस्थित र नियमन गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह समेत गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने पन्तको भनाइ थियो ।
     
    भारतका लागि नेपाली राजदूतले विदेशमन्त्रीसँग सम्म भेट नपाउने तर भारतीय राजदूत र सचिवहरू भने नेपालमा निर्बाध जोकैसँग भेट पाउने सही नभएको पन्तको भनाइ थियो । भारतको जेएनयूका पूर्वप्राध्यापक एसडी मुनीले नेपालमा कसलाई राष्ट्रपति बनाउने भनेर लेखेको ट्विटप्रति पनि पन्तले आपत्ति जनाउनुभएको छ ।
     
    ‘हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा जेएनयूको पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादीलगायत तीन चार जनाको नाम यिनीहरू नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर लेख्छन्,’ उहाँले भन्नुभयो ।
     


    बुधवार, फाल्गुण १० २०७९०२:४५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij